An Information

Great Poet Kalidas

November 16, 2025 By Administrator 130 views
Great Poet Kalidas

एक लोककथाअनुसार, कालिदास रूखको हाँगाको टुप्पामा बसेर फेद काट्दै थिए —त्यति मूर्ख व्यक्तिले पछि संस्कृत साहित्यको महाकवि भएर विश्वप्रसिद्ध हुन्छन् भन्ने कल्पना कसैले गर्न सक्दैनथ्यो। “हुने हार दैव नटार” भन्ने उक्ति उनको जीवनमा पूर्णतः सार्थक भएको देखिन्छ।


महाकवि कालिदास


संस्कृत साहित्य एक विशाल महासागरजस्तै छ, जहाँ अनगिन्ती अमूल्य रत्नहरू पाइन्छन्।ती रत्नहरूमध्ये सर्वाधिक चम्किलो र विशिष्ट स्थान महाकवि कालिदासले पाएका छन्।उनलाई संस्कृत साहित्यको पर्यायवाची मान्न सकिन्छ।संस्कृतका आदिकवि वाल्मीकिले जस्तै उच्च साहित्यिक शिखरमा पुग्न सफल कालिदास 'विश्वकवि' का रूपमा प्रतिष्ठित छन्।


कालिदासको जन्म लगभग २,०५० वर्षअघि भारतको उज्जैन नजिक भएको मानिन्छ।उनको पारिवारिक विवरण स्पष्ट छैन। उनी अत्यन्तै मूर्ख थिए भन्ने किंवदन्ती प्रचलित छ, जुन सम्भवतः सामान्य परिवारमा जन्मनु,  शिक्षा नपाउनु र बाल्यकालमा मूर्खतापूर्ण व्यवहार गर्नुका कारण बनेको हो।


एक लोककथाअनुसार, कालिदास रूखको हाँगाको टुप्पामा बसेर फेद काट्दै थिए —त्यति मूर्ख व्यक्तिले पछि संस्कृत साहित्यको महाकवि भएर विश्वप्रसिद्ध हुन्छन् भन्ने कल्पना कसैले गर्न सक्दैनथ्यो। “हुने हार दैव नटार” भन्ने उक्ति उनको जीवनमा पूर्णतः सार्थक भएको देखिन्छ।


त्यो देशका राजाले एकदिन सभामा आफ्नो अहंकारी छोरीको विवाह गरिदिन 'एक मूर्ख व्यक्तिलाई लिएर आऊ, म त्यही मूखसँह छोरीको विवाह गराइदिन्छु'  भन्ने कथाको वास्तविक प्रस्तुतिमा यो कथा विद्योत्तमा–कालिदास कथासँग जोडिन्छ। राजकुमारी विद्योत्तमा अत्यन्तै विदुषी थिइन् तर उनी अहंकारी पनि उस्तै थिइन्।मेरो बराबरी कोही छैन" भन्ने दर्पयुक्त विचार उनको थियो।


एकदिन उनले दरबारका विद्वान् ब्राह्मणहरूसँग व्यंग्यात्मक रूपमा भनेकी थिइन् "तपाईंजस्ता मूर्खहरूले मलाई के सिकाउन सक्नुहुन्छ ?" यसैले ब्राह्मणहरू उनलाई सेखी झार्ने उपाय सोच्न थाले।मन्त्री/ब्राह्मणहरूले साँचिकै मूर्ख व्यक्तिको खोजी गरे विद्योत्तमालाई सबक सिकाउन।त्यसै क्रममा उनीहरूले कालिदास भेटे जसले रूखको टुप्पोमा बसेर फेद काट्ने जस्तो मूर्खतापूर्ण काम गरेको थियो।


कालिदासलाई सफा कपडामा सजाएर राजदरबार पुर्‍याइयो।उनी सुन्दर थिए, त्यसैले सफा कपडा, गहनाले सुन्दर देखिन्थे।सभामा उनलाई मौन बस्न निर्देशन दिइयो।विद्योत्तमाले कालिदासलाई देखेकी थिइन्। उनको रूप, शिष्टता (मौनता), आदर्श शारीरिक मुद्रा देखेर उनले उच्च कुलका, विद्वान् पुरुष ठानिन् र विवाह स्वीकार गरिन्। विवाहपछि विद्योत्तमाले कालिदाससँग कुरा गर्न खोजिन् तर उनी बोल्नै सकेनन्।विद्योत्तमा आश्चर्यचकित भइन्।"कसरी यस्तो विद्वान् पुरुष मौन हुनसक्छ ?"


विद्योत्तमाले एउटा उँट देखाउँदै सोधिन् “यो के हो ?” कालिदासले भन्न खोजे— "उष्ट (उँट)"तर उच्चारण नजानेर बारम्बार बोल्दै “उट्र… उटू… उटू।त्यसबेला विद्योत्तमाको आँखा खुल्यो, उनी ठगिएको बुझिन् र क्रोधित भएर भनिन् “तिमी त महामूर्ख रहेछौ।कालिदासको त्यो अपमानले जीवन बदलियो।


कालिदास वनतिर लागे, देवी कालीको तपस्या गरे, र अन्ततः कालीले विद्याको वरदान दिइन्। त्यही वरदानपछि

कालिदासले संस्कृत साहित्यका नमोल रत्नहरू कुमारसम्भव, रघुवंश, मेघदूत, अभिज्ञान शाकुन्तलम् जस्ता काव्य–नाटकहरू रचे।त्यसैले भनिन्छ “उपमा कालिदासस्य” (उपमाको कलामा कालिदासजस्तो कोही छैन)


उनको जीवनमा निर्णायक मोड विद्योत्तमा नामक विदुषी राजकुमारीसँगको विवाहबाट शुरु हुन्छ।अत्यन्त घमण्डी विद्योत्तमालाई सच्याउन मन्त्रीहरूले उनको विवाह कालिदाससँग गराइदिए।विवाहपछिका वार्तालापमा कालिदासले ऊँट शब्द उच्चारण गर्न नसकी उट्र भनेपछि विद्योत्तमाले उनलाई कठोर रूपमा अपमानित गरिन्।यही तिरस्कार नै कालिदासको जीवन–परिवर्तनको आधार बन्यो।


अपमानबाट दुरुत्साहित भएर उनी विद्याको खोजीमा भौतारिए र अन्ततः काली माताको शरणमा पुगे। कालीका मन्दिरमा जिब्रो अर्पण गर्न उद्यत कालिदासको समर्पण देख्दा देवी प्रसन्न भइन् र उनलाई असाधारण ज्ञान–विद्याको वरदान प्रदान गरिन्।देवी कालिकाका दास बनेको कारण उनलाई कालिदास नाम प्राप्त भयो, र यही नाममा उनले संस्कृत साहित्यका अनुपम कृतिहरू सृजना गरे।


कालिदासले श्रव्यकाव्य (कविता/महाकाव्य) र दृश्यकाव्य (नाटक) दुवै विधामा समान रूपले सफलता हासिल गरेका छन्।उनका प्रमुख ग्रन्थहरूमा रघुवंश, ऋतुसंहार, शृङ्गारतिलक, मेघदूत (गीतिमय कृति), विक्रमोर्वशीय

मालविकाग्निमित्रम्, अभिज्ञान शाकुन्तलम्, छन्।


कालिदासका कृतिहरूमा मानवीय जीवनका गहिरा सत्यहरू, मानवीय मूल्य–मान्यता र जीवनका शाश्वत पक्षहरूको सूक्ष्म चित्रण पाइन्छ। उनका साहित्यमा “सत्यम्, शिवम्, सुन्दरम्” को दार्शनिक भावना प्रकट हुन्छ। उनी प्रकृतिप्रेम, शृङ्गार, मनोविज्ञान र सौन्दर्यशास्त्रका उत्कृष्ट प्रणेता थिए।उपमाको प्रयोगमा उनी अद्वितीय रहेकाले “उपमा कालिदासस्य” भन्ने उक्ति प्रसिद्ध छ।


आज उनका कृतिहरू विश्वका प्रमुख भाषाहरूमा अनूदित छन्।उनीद्वारा सिर्जित साहित्यकला विश्व साहित्यका अनमोल धरोहरमानिन्छन्।विद्वान, अध्येता र पाठकहरूले उनको कृतिलाई उच्च सम्मानका साथ अध्ययन–मनन गर्दै आएका छन्, र यही नै महाकवि कालिदासप्रति व्यक्त गरिने सर्वोच्च श्रद्धाञ्जली हो।



- साभार