Translation: Contract

December 11, 2025 By Administrator 28 views
Translation: Contract

विषय : गाडी भाडामा दिने लिनेको सम्झौता सम्बन्धमा ।

लिखितम् शोकर पहरीको नाति भक्त बहादुर पहरीको छोरा बारा जिल्ला निजगढ़ वडा नं. ८ वस्ने वर्ष ५२ को विष्णु हरी पहरी (ना.प्र.नं. १५०९/३२७ मिति २०५६/०२/१६ जि.प्र.का. बारा) (यस करारनामाको कागजमा प्रथम पक्ष भनिएको) आगे ललितपुर जिल्ला हरिसिद्धी वडा नं. २९ स्थित देवकोटा मल्टिपर्पोज सपाल्यास प्रा.लि. (दर्ता नं. ५९/१८८ मिति २०७७/०३/०९) का तर्फबाट अख्तियार प्राप्त व्यक्ति रोमाकान्त देवकोटा (यस करारनामाको कागजमा द्वितीय पक्ष भनिएको) का विच ट्रक गाडी भाडामा दिने लिने हामी दुवै पक्षको परस्पर सहमती र मन्जुरीले भाडामा लिई संचालन गर्न तपसिल बमोजिमको शर्तको अधिनमा रही काम गर्न यो करारनामाको कागज लेखी सही छाप समेत गरी एक/एक प्रति बुझि लियौं दियौं। यसमा लेखिएको साक्षी सदर ।


तपसिल

गाडीको विवरण :

महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको च्यासिन नं. MA1GD2CLHM3G10982, इन्जिन नं. CLM4F95919 को गाडी नं. वा प्रा. ०१-०३ क ९६२० को ट्रक गाडी थान १,


शर्त तथा बन्देज

१. प्रथम पक्षको नाममा दर्ता रहेको महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको ट्रक गाडी द्वितीय पक्षले भाडामा लिन र प्रथम पक्षले भाडामा दिन मन्जुरी गरिएको छ ।


२. द्वितीय पक्षले प्रथम पक्षको गाडी उपयोग गरे वापत प्रति दिनको रु. ५,०००।- अक्षेरुपी पाँच हजार रुपैयाँ दरले प्रथम पक्षलाई प्रत्येक महिना ५ (पाँच) गते भित्र बुझाउनु पर्नेछ ।


३. द्वितीय पक्षले बुँदा नं. २ मा उल्लेख भएअनुसारको रुपैयाँ नबुझाई आलटाल गरेमा प्रथम पक्षले आफ्नो गाडी फिर्ता लान सकिने छ ।


४. द्वितीय पक्षले भाडामा लिएको गाडी प्रयोग हुने सम्पूर्ण इन्धन द्वितीय पक्षले व्यहोर्नु पर्नेछ र सो मा प्रयोग हुने इन्धन गुणस्तरयुक्त हुनुपर्नेछ । गाडी भाडा रहेको मितिसम्म गाडीमा कुनै खराबी आएमा वा दुर्घटना भएमा सो सम्पुर्ण मर्मत सम्भार द्वितीय पक्षले नै गरि दिनु पर्नेछ ।


५. द्वितीय पक्षले करार बमोजिम गाडी भाडा लिएको समयअवधी सम्म नेपाल सरकारले बन्चित गरेको कुनै पनि गैर कानूनी समानको ओसारपसार गरेको खण्डमा यसको सम्पूर्ण जिम्मेदारी द्वितीय पक्ष नै हुनेछ ।


६. माथि उल्लेखित गाडीको करार अवधि मिति २०८३/०३/०५ वर्षसम्मको हुनेछ । सो गाडी उल्लेखित अवधि भन्दा अगाडी फिर्ता गरेको खण्डमा क्षतिपूर्ति स्वरुप १०% (दश) प्रतिशत बुझाउनु पर्ने कुरामा दुवै पक्ष मन्जुर गर्दछ ।


७.;यस करारनामामा उल्लखित कुराहरू हामी दुवै पक्षलाई मन्जुर छ । कुनै कुरा थपघट गर्नु परेमा दुवै पक्षको सहमतिमा गरिनेछ ।


प्रथम पक्ष

साक्षीः


एलिसा थापा



द्वितीय पक्ष


साक्षीहरू

एलिसा थापा

मनीष चौधरी

उज्ज्वल कार्की 


ईति सम्वत् २०८१ साल चैत्र महिना ०५ गते रोज ३ शुभम् ।